शुक्रबार, बैशाख ७, २०८१

भरतपुर महानगरपालिका–१९ को मतगणना विवादको सुनुवाइ सोमबार

काठमाडौं आषाढ २३ , भरतपुर महानगरपालिका–१९ को मतगणना विवादको क्रममा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयकाविरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नम्बर–१९ का उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ फेरि सोमबारका लागि सरेको छ ।    सर्वोच्च अदालतका Court_20150619042154न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएपनि शुक्रबार नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि सारिएको हो ।

यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाकाक्रममा च्यातिएका मतपत्र अदालतमा पेश गर्न दिएको आदेश अनुरुप च्यातिएको मतपत्र र आयोगको निर्णय पत्र गत आषाढ १३ १३ गते पेश भइसकेको छ ।  मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रका रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा रहेको
थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु