शनिबार, बैशाख ८, २०८१

बस्ताकोटिलाइ रू ५० हजार नगद पुरस्कार

आजका विधार्थी मुलुकको भोलीका उज्जवल नक्षत्र : नेता सिंह

2काठमाडौं श्रावण १४,  राजधानीको एसएबि पब्लिक स्कूलमा नेपाली काँग्रेसका आयोजित एक औपचारिक कार्यक्रमकावीच निवन्ध प्रतियोगिताका विजयी विधार्थीत्रयलाइ पुरस्कार वितरण गर्न आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आजका विधार्थी मुलुकको भोलीका उज्जवल नक्षत्र भएको बताउँँदै विजयी विधार्थीलाइ बधाइ ज्ञापन गर्नु भएको छ ।
शिखर युबा क्लब, घट्टेकुलो र काठमाडौं  एभरेस्ट लाइयन्स क्लबको सयुक्त आयोजनामा सम्पन्न बिद्यालय स्तरिय निवन्ध प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त सफल शान्ति बिद्यागृहका शिशिर बस्तकोटिले रू ५० हजार नगद तथा प्रमाण प्रदान वितरण गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै  प्रमुख अतिथी नेतासिंहले रक्तदान महादान शिर्षकमा आयोजित उक्त निबन्ध प्रतियोगितामा दोस्रो  र तेस्रो पुरस्कार प्राप्त गर्न सफल क्रमस बिद्या 1संस्कार स्कूलका छात्र ओजस्वी दासलाई नगद रू ३५ हजार प्रमाणपत्र अल्बर्ट स्कूलका श्यारोण सुनुवारलाई रू १५हजार नगद तथा प्रमाण पत्र र र प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल बिभिन्न स्कूलका टपटेन भित्र परेको १० जना विद्यार्थीलाई रू २ हजारका दरले नगद तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा १सय आठ जना स्वयसेवी रक्तदाताले रक्तदान समेत गर्नु भएको थियो ।