शनिबार, बैशाख ८, २०८१

प्र.स.नी.मा बढुवा गर्दै राज्यले गर्यो रानाको साहसिक कदमको सम्मान

काठमाडौ श्रावण  ५,  स्थानीय तहको दोस्रो चरणअन्तर्गतको निर्वाचनको क्रममा दाङको तुलसीपुर उपम हानगरपालिकास्थित अम्बास मतदान केन्द्रमा अज्ञात Captureसमूहले  फालेको बम फालेलगत्तै हातले समातेर सुरक्षित स्थानमा फाल्दै मानविय क्षतिलाइ रोक्न सफल एवम् साहसिक प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई राज्यले पुरस्कृत गरेको छ ।

प्रहरी हवल्दार रानाको साहसिको कदमको सम्मानमा गृहमन्त्री जनार्दन शर्माले त्यसवेलानै उहाँको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरे अनुरुप प्रहरी सहायक निरीक्षकमा बढुवा गर्दै पुरस्कृत गरिएको हो । रानालाइ केहि दिनमानै दज्र्यानी चिह्न प्रदान गरिने भएको छ ।