शुक्रबार, बैशाख ७, २०८१

प्रेस स्वतन्त्रताबिनाको प्रजातन्त्र कल्पना गर्न सकिदैन्ः प्रम देउवा

काठमाडौ आषाढ २२,  नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको राजधानीमा आयोजित एक कार्यक्रमकावीच लोकापर्ण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिनाको प्रजातन्त्र कल्पना गर्न नसकिने बताउनुभएको छ । त्यस्तै कार्यक्रमलाइ 1020सम्बोधन गर्दै प्रम देउवाले सरकारले प्रेस स्वतन्त्रतालाई संविधानमै सुनिश्चित गरेको जनाउ दिदै अव प्रेस जगतले प्राप्त उपलब्धिलाई संस्थागत गर्न महत्वपूर्ण योगदानको गर्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार र प्रेसबीच अन्योन्याश्रित सम्बन्ध नङर मासुको जस्तै भएको बताउँदै नागरिकको हकअधिकार सुनिश्चितताका लागि प्रेस निर्वादरुपमा स्वतन्त्र हुनुपर्ने अभिव्यक्ति दिनु भएको थियो ।

त्यस्तैगरि पुस्तकमाथि टिप्पणी गर्दै पत्रकारिताका प्राध्यापक पी। खरेलले पुस्तक अनुसन्धानमा आधारित यो पुस्तक निकै सान्दर्भिक भएको बताउँदै मिडिया जहिलेपनि निष्पक्ष रुपमा प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

साथै उहाँले पुस्तकमा लोकतन्त्र र प्रेस स्वतन्त्रता, नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको विकास, मिडिया सम्बन्धी कानूनी व्यवस्था, नियमन प्रणालीको बारेमा विस्तृत चर्चा गरिएको छ । यस्तै नेपाली मिडियाको स्थिति र पत्रकारको सुरक्षा, मिडियामा लगानी, आर्थिक वातावरण र प्रेस स्वतन्त्रतको बारेमा पनि उल्लेख चगरिनु पुस्तकको दरिलो पक्ष भएको बताउँनु भएको थियो ।  पत्रकार, पत्रकारिताका अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी र अभियान्तका साथै पत्रकारिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीका बारेमा रुची राख्ने हरेकाका लागि उपयोगी हुने पुस्तक सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा सांङ्ग्रिला पुस्तक प्रालिले प्रकाशित गरेको हो । ३१३ पृष्ठको पुस्तकको मूल्य ४७५   रुपैयाँ तोकिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु