शुक्रबार, चैत्र १६, २०८०

प्रहरीका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक डीआइजीमा  बढुवा, वपउ सर्बेन्द्र खनाल एक नम्वरमा

११ जना डिआइजी आइजीमा बढुवा

aig-baduwa-2074-03-31

 

काठमाडौं आषाढ ३१ ,  नेपाल प्रहरीका ११ जना डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (आइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाको लागि सिफारिस गरेका डिआइजीहरुमा क्रमस बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन ।

यसैवीच बढुवा  समितिले नेपाल प्रहरीका १५ एसएसपीहरुलाई डीआइजीमा बढुवाको लागि सिफारिस गरेको छ । बढुवा समितिको शुक्रवार बसेको बैठकको निर्णय DIGP-Badhuwa-Sifarish-2074-03-31 (1)-1अनुसार वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक  (डीआइजीमा) भएको बढुवा सूचीमा एसएसपी सर्बेन्द्र खनाल पहिलो नम्बरमा त्यस्तै  एसएसपी रमेश खरेल दोश्रो नम्बरमा रहेका छन । त्यस्तै गरि पुस्कर कार्की, उत्तम कुमार कार्की, भोग बहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञान बिक्रम शाह, ठुले राइ, शरद चन्द, धीरु बस्न्यात, पुष्पचन्द्र रंजित,प्रहरी सुरेशबिक्रम शाह रहेका छन् ।