बिहिबार, बैशाख १३, २०८१

प्रम देउवाले भने- प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुन्छ

काठमाडौ श्रावण ६,  जननेता बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाज द्दारा आज राजधानीमा आयोजित एक का प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सम्झनामा गिरिजाबाबु 20155639_1822667644714302_3795428401246668541_nविशेशांकको समेत ‘ विमोचन गर्दै संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर्नु अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताउनुभएको छ ।

कार्यक्रममा काँग्रेस पूर्वमन्त्री अर्जुननरसिंह केसी काँग्रेस नेत्री सुजाता कोइराला नेता लक्ष्मण घिमिरेले समाजका अध्यक्ष डा केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष अध्यक्ष कुलचन्द्र वाग्ले, पूर्व अध्यक्ष होमनाथ दाहाल, नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी लगायतले आफ्नो धारणा राख्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।