शुक्रबार, बैशाख ७, २०८१

प्रम देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दै को-को बन्दै छ मन्त्री ? (सूची सहित)

काठमाडौ श्रावण १०,   प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्न सवालमा सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ दिएको वचन अनुरुप आज मन्त्रिपरिषद विस्तार गर्ने भएको छ । सम्वद्ध स्रोतका अनुसार सरकारको नेतृत्व गरेको गरेको डेढ महिना भइसक्दासमेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेप्दै आइरहेका प्रम देउवाले गर्ने आज विस्तार मन्त्रिपरिषदलागि माओवादी केन्द्रका तर्फबाट pm-office-11012017102857-600x0सहभागी हुँने मन्त्रीको नाम बुझिसक्नु भएको छ भने आफै्रनै पार्छीको तर्फबाछ मन्त्री हुने व्यक्तिको सावलमा प्रम देउवाले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुसंग पटकपटक छलफल समेत गरिसक्नु भएको उहाँ निकट स्रोतले बताएका छन ।

यसैवीच काँग्रेस नेता पौडेलले आफ्नो पक्षबाट मन्त्री हुने क्रमस बलबहादुर केसी, रामकृष्ण यादव, कमला पन्त, बद्री पाण्डेको नाम प्रमलाइ बुझाएको थाहा भएको छ । त्यस्तै काँग्रेस नेताद्दय खुमबहादुर र कृष्ण प्रसाद सिटौला पक्षबाट भने मोहनबहादुर बस्नेत र भीमसेनदास प्रधानको नाम पनि प्रम  देउवाको हातमा परेको थाहा भएको छ । इसैकागरि समाचार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले भने अर्जुन जोशी, वीरबहादुर बलायर, अम्बिका बस्नेत र मिन विश्वकर्मालाई मन्त्री बनाउने लगभग पक्कापक्की भएको बताईएको छ ।

यसैवीच सत्तासाझेदार दलका माओवादी केन्द्रको तर्फबाट भने श्यामकुमार श्रेष्ठ, महेन्द्रबहादुर शाही, गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल,सीता नेपाली, टेकराज बस्नेत लगायतले ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, सिँचाइ, कृषि विकास, महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको जिम्मेवारी र । विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहित मन्त्रीले जिम्मेवारी पाउँने समाचार स्रोतका दावी रहेको छ ।