काठमाडौं आषाढ २१ , व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा बोल्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने जानकारी दिनु भएको छ । बैठकलालइ सम्बोधन गर्दै उपप्रम महराले आफ्नो भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाउ सहित यस्तो जानकारी दिनु भएको हो ।
त्यस्तै उहाँले आफ्नो भ्रमणको उपलब्धी जानकारी गराउँदै बैठकमा भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल हुनुको अलावा नेपालमा हुने बिमस्टेकको बैठक लागयतका विषयमा छलफल भएको बताउँनु भएको छ ।