बुधबार, बैशाख १२, २०८१

प्रमको देउवाको प्रमुख स्वकीय सचिवमा भानु र स्वकीय सचिव थापा नियुक्त

काठमाडौ श्रावण ३,   शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा भानु देउवालाइ नियुक्त गर्नु भएको छ । यसअघि आफ्नो निजी सचिवको कार्य सम्पादन sher-bdrगर्दै आइरहेका भानुलाई प्रम देउवाले पदोन्नती गर्दै प्रमुख स्वकीय सचिवमा र वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  प्रधानमन्त्री देउवाले यसअघि परराष्ट्र सल्लाहकारमा डा दिनेश भट्टराई, प्रेस संयोजकमा गोविन्द परियार र स्वकीय सचिवमा केशव जोशीलाई नियुक्त गरिसक्नुभएको छ ।