शनिबार, बैशाख ८, २०८१

प्रदेश नम्बर २ का ८ जिल्लाको लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौ श्रावण ५, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्र्तगत प्रदेश नम्बर–२ का ८ जिल्लाका १२७ स्थानीय तहमा आगामी आश्विन २ गते हुने तेस्रो Full page photoचरणको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगको बुधबारको बैठकले ती असोज २ गते बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुरुप तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आगामी भाद्र २१ गते उम्मेदवारको मनोनयनपत्र दर्ता त्यस्तै भाद्र २२मा दावी विरोध दर्ता , भाद्र २३मा नामावली प्रकाशन र उम्मेदवारी फिर्ता र भाद्र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन सहित निर्वाचन निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।