बुधबार, बैशाख १२, २०८१

प्रतिबन्धित भारु ४९ लाख ५० हजारसहित लामा र डंगोल पक्राउ

काठमाडौं आषाढ २८, प्रतिबन्धित भारतीय रुपैयाँ ४९ लाख ५० हजारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले रामेछाप बस्ने मानबहादुर लामा र काठमाडौं स्वयम्भू बस्ने अमित डंगोललाई मंगलबार खुशीबु लिंकरोडबाट भारु १००० दरको तीन हजार १०० ओटा र भारु ५०० Captureदरको तीन हजार ७०० ओटा नोट गरी जम्मा भारु ४९ लाख ५० हजारसहित पक्राउ गरेको छ ।

भारतले प्रतिबन्ध लगाएको भारु ५ सय र १ हजारकाका नोट नेपालमा भित्र्याइ अवैधरुपमा कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा चलान गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।