मङ्लबार, बैशाख ११, २०८१

निजी क्षेत्रका सञ्चारमाध्यमप्रति हुँदै आएको विभेदपूर्ण व्यवहार बन्द गर्न महासंघको आग्रह

काठमाडौं श्रावण ११ , नेपाल पत्रकार महासंघले विगत केही समयदेखि राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा प्रवेस मा प्रतिवन्ध लगाउँदै निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार हुँदै आएकोमा आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति fnj logoभवनमा आज मन्त्रिपरिषद्का सदस्यको शपथ ग्रहण कार्यक्रमको समाचार संकलनका लागि जाने निजी क्षेत्रका मिडियालाई प्रवेश नदिने जानकारी प्राप्तभएलगत्तै यसकिसमको विभेदपूर्ण व्यवहार दु ख व्यक्त गरेको हो ।

राज्यका जिम्मेवार निकायले सार्वजनिक सरोकारका महत्वपूर्ण कार्यक्रममा मिडियालाई पहुँच नदिने र स्वतन्त्र मिडियाप्रति विभेद गरिने कुरा प्रेस स्वतन्त्रतामाथिको संकुचन भएको जनाउँदै महासंघले सम्माननीय राष्ट्रपतिको कार्यालयबाटै भएका यस्ता कार्यप्रति तीब्र असन्तुष्टि प्रकट गर्नुको अलावा यस किसिमको विभेद पूर्ण प्रवृतिलाइ आजैदेखि सच्याउँदै मन्त्रिपरिषद्का सदस्यहरूको सपथ कार्यक्रममा समेत सहज पहुँच दिने व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयलाई आग्रह गरेको छ ।

स्मरण रहोस केही दिनअघि प्रधान न्यायाधीशको शपथ कार्यक्रममा पनि स्थान अभाव वा व्यवस्थापन समस्या भन्दै सरकारी मिडियालाई प्रवेश दिइए पनि स्वतन्त्र मिडियालाई प्रवेशमा रोक लगाइएको थियो भने आज मन्त्रिपरिषद्का सदस्यको शपथमा पनि निजी क्षेत्रका मिडियालाई प्रवेशमा प्रतिवन्ध लगाईएको थियो ।