शुक्रबार, चैत्र १६, २०८०

नागपञ्चमीकै दिन ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाउन शास्त्रसंवत् : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौ श्रावण १२ , नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष श्रावण १३ गते अर्थात  शुक्रवार श्रावण शुक्ल पञ्चमी नागपञ्चमीकै दिन ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाउन शास्त्र संवत् रहेको जनाएको छ ।  श्रावण २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व Nepal-Panchangमनाउनुपर्ने सत्कर्म रत्नावली, निर्णय सिन्धु, कृत्यबाटिकालगायत ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमार्फत गोसाइँकुण्ड, कुम्भेश्वरलगायत कुण्ड एवं पोखरीमा लाग्ने स्नान मेला, जात्रा र नेवारी समुदायमा प्रचलित भ्यागुतालाई भात खुवाउने पर्व भने श्रावण २३ गते पूर्णिमाका दिन गर्न कुनै रोक नभएको समितिले जनाएको छ ।
समितिका अनुसार यसअघि विसं १९६२, १९८२, २०२८ र २०४७ मा पनि श्रावण शुक्लपूर्णिमामा चन्द्रग्रहण लागेकाले नागपञ्चमीका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन जनाएको छ ।