शुक्रबार, चैत्र १६, २०८०

नगरमा कांग्रेस, गाउँमा एमाले

काठमाडौ आषाढ १८,  स्थानीय तहको दोस्रो चरण निर्वाचनको पछिल्लो मतपरिणाममा गाउँमा एमाले र सहरमा कांग्रेसले बढी तह जितेका छन्। शनिबार साँझसम्मको मतपरिणामअनुसार कांग्रेसले १५ वटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ भने एमालेले ११ वटा मात्रै नगरपालिकाको मेयर र उपमेयर जितेको news-government-to-support-nri-voting-through-e-ballot-1-89795-89795-voteछ। एमालेले ६६ गाउँपालिकाको प्रमुखमा विजयी भएको छ भने कांग्रेस ४६ वटा गाउँपालिकामा मात्रै प्रमुख जितेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने अझसम्म रोल्पा नगरपालिकामा मात्रै मेयर र उपमेयर जितेको छ। अन्य दल कसैले पनि नगरपालिकाको मेयर जित्न सकेका छैनन्।

नगर र गाउँपालिका दुवैमा भने शनिबार साँझसम्ममा एमाले केही अग्रस्थानमा छ। एमालेले ६ नगरपालिकासहित ६० तहमा विजय हासिल गरेको छ भने कांग्रेसले नौ नगरसहित ४२ तहमा जितेको छ। माओवादी केन्द्रले एक नगरसहित २२ तहमा जित आफ्नो पक्षमा पारेको छ। कांग्रेसले बर्दियाको गुलरिया नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका र सल्यशिखर नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिकामा मेयर र उपमेयर जितेको छ। त्यस्तै, बाजुराको बडिमालिका, अछामको कमलबजार, भोजपुरको भोजपुर र बझाङको बुंगल नगरपालिकामा पनि मेयर र उपमेयर कांग्रेसले जितेको छ। त्यस्तै, एमालेले जयपृथ्वी नगरपालिका बझाङ, मुसिकोट नगरपालिका गुल्मी, पाख्रिबास नगरपालिका धनकुटा, रेसुङगा नगरपालिका गुल्मी, मादी नगरपालिका संखुवासभा र अमरगढी नगरपालिका डडेलधुरामा मेयर र उपमेयर जितेको छ। माओवादीले अहिलेसम्म रोल्पाको रोल्पा नगरपालिका मात्रै जितेको छ।

प्रमुख तीन दल बाहेकका अन्य दलले भने अझसम्म कुनै पनि नगरपालिकाको मयेर र उपमेयर जितेका छैनन्। समाजवादी फोरम १ गाउँपालिका तथा जनमोर्चा दुई गाउँपालिका विजयी भएको छ। मतगणना जारी रहेका तीन प्रदेशका मुख्य सहरका उपमहानगरपालिकामा पनि कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा जारी छ। प्रदेश नम्बर १ को विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता कामय गरिरहेको छ भने इटहरी उपमहानगरपालिकामा पनि कांग्रेसकै अग्रता छ। धरानमा भने शनिबार साँझदेखि एमाले अग्रस्थानमा छ। त्यस्तै, प्रदेश नम्बर ५ को बुटवल, दाङ र घोराई तीनै उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। प्रदेश नम्बर ५ कै नेपालगन्ज उपमहानगरपालिकामा भने राप्रपा अग्रस्थानमा छ। प्रदेश नम्बर ७ को एउटा मात्रै उपमहानगरपालिका धनगढीमा भने कांग्रेसले ५ सयभन्दा बढी मतले अग्रता कायम गरिरहेको खवर आजको अन्नपूर्णपोष्टमा प्रकाशित रहेको छ ।