शुक्रबार, बैशाख १४, २०८१

देउवा सरकारको संरचना : ३ उप्रधानमन्त्रीसहित २७ सदस्यीय

काठमाडौं श्रावण १२ काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार कांग्रेससहित ४ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आव विस्तारित मन्त्रिमण्डलको सख्या सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ ।  जसअनुसार कांग्रेसका १३, माओवादी केन्द्रका ९, फोरम लोकतान्त्रिक ३, नेकपा संयुक्त १ नेता सहभागी छन्। बुधवार सभापति देउवाले कांग्रेसबाट १०, माओवादीबाट ६, sher-bdrफोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री नियुक्त गरेसंगै मन्त्रीपरिषदको सख्या २७ पुगेको  हो ।   सरकारको प्रवक्ताको जिम्मेवारी मोहनबहादुर बस्नेतलाइ दिईएको छ ।

नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् । बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवले खानेपानी र विश्वकर्माले वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।  माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री, महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्तिमन्त्री बन्नुभएको छ । यस्तै, सन्तकुमार थारु चौधरी पशुपन्छी विकास तथा आशा खनाल कोइराला महिला तथा बालबालिका मन्त्री बन्नुभएको छ ।