बिहिबार, बैशाख १३, २०८१

डीआइजी नवराज सिलवालको बढुवा किन भएन?

काठमाडौं श्रावण १ , ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका प्रहरी Captureनायब निरीक्षक नवराज सिलवाललाई बढुवा समितिले अतिरिक्त महानिरीक्षकमा बढुवा गरेन । गृहसचिव अध्यक्षको तीन सदस्यीय बढुवा समितिले ११ जना डीआइजीलाई एआइजीमा बढुवा सिफारिस गर्दा सरकारसँग मुद्दा खेपिरहेका सिलवाल नसमेटिएको खवर आजको अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित रहेको छ ।

प्रकाशित खवरमा तत्कालीन आइजी उपेन्द्रकान्त अर्यालसहित सबै एआइजी (प्राविधिकबाहेक)ले सेवा अवधिका कारण एकसाथ अवकाश पाएपछि डीआइजी सोझै आइजी बन्ने अवस्था आएको थियो । सरकारले चौथो नम्बरका डीआइजी जयबहादुर चन्दलाई आइजी नियुक्ति गरेपछि सिलवाल ज्येष्ठता र कासमुलाई मिचेर नियुक्ति भएको भन्दै आफूलाई बनाइनुपर्ने दाबीसहित सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले चन्द नियुक्तिको निर्णय बदर गर्दै घुमाउरो पारामा सिलवाललाई नै नियुक्त गर्न आदेश दिएको थियो । तर, आफ्नो पनि कासमु हेरिनुपर्ने भन्दै डीआइजी प्रकाश अर्याल सर्वोच्च पुगेपछि आइजी नियुक्ति प्रकरणले नयाँ मोड लिएको थियो । सरकारले कासमुमा डीआइजी प्रकाश अर्याल पहिलो नम्बरमा रहेको बताउँदै आइजीमा बढुवा गरेको थियो । सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवा चन्दलाई आइजी बनाउनुपर्ने पक्षमा थिए । चन्द आइजी नहुने अवस्था आएपछि देउवा कुनैपनि हालतमा सिलवाललाई आइजी बनाउन नहुने अडानमा रहेका थिए ।

सरकारले अर्याललाई आइजी बनाइएपछि सिलवाल पुनः सर्वोच्च पुगेका छन् । सिलवालले कासमु किर्ते गरी सर्वोच्चमा पेस गरेको भन्दै सरकारले छानबिन गरेको थियो । सिलवाल प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो । तर, पछि यो प्रस्ताव फिर्ता भयो ।

सिलवालको मुद्दा सर्वोच्चमा विचाराधीन छ । प्रहरी नायब उपरीक्षक देखि प्रहरी उपरीक्षकमा बढुवा हुँदा पहिलो नम्बरमा रहेका सिलवाल एसएसपी र डीआइजीमा बढुवा हुँदा एक नम्बरमै थिए ।  ‘विवादमात्र गरिरहने हो भने यसले दूरगामी असर पु¥याउने निश्चित छ’–एक पूर्वआइजी भन्छन्–यहाँ प्रहरी वा प्रहरी संगठनलेमात्र राम्रो काम गरेर केही हुँदैन । प्रहरी संगठनलाई नेतृत्व गर्ने सरकार र सरकारलाई नेतृत्व गर्ने राजनीतिक दलको रुचि निर्णायक हुन्छ ।’ बढुवा सिफारिस विषयमा कुरा गर्न खोज्दा आइजी प्रकाश अर्याल र गृहप्रवक्ता दीपक काफ्ले सम्पर्कमा आएनन् । गृहसचिव लोकदर्शन रेग्मीले आफ्नो सम्पर्क नम्बर पीएसओलाई दिएर सम्पर्कविहीन भए ।  डीआइजी सिलवालले बढुवा समितिको सिफारिसमा आफू केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।