शुक्रबार, बैशाख १४, २०८१

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

भक्तपुर श्रावण ७, भक्तपुरको कौशलटारस्थित अरनीको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा २ क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।

accidentप्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडाँै कीर्तिपुर बस्ने १८ वर्षकी अश्मी सुनार रहेको जनाउँदै घटना लगत्तै उपचारको लागि सुनारलाइ नागरिक सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाउँदै प्रहरीले घाइते मोटरसाइकल चालक कीर्तिपुर बस्ने वर्ष २२ को हरि गहतराजको भने नागरिक अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ । प्रहरीले टिपर चालक भक्तपुर वर्ष ३२ वर्षको जीवन ज्याठालाई नियन्त्रणमा लिएर कारवाहीको लागि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।