शुक्रबार, बैशाख ७, २०८१

ज्यान जोगाउँदै साउदीबाट फर्के १० नेपाली

काठमाडौ आषाढ २८, सुनौलो सपना बोकेर वैदेशिक रोजगारका लागि एक वर्ष अघि साउदी अरब पुगेका १० जना नेपालीहरु आज ज्यान जोगाएर स्वदेश फर्कन सफल भएका छन् ।  लक्की एचआर मेनपावर कम्पनीबाट गत सालको जुलाईमा साउदी अरबको सलमान हसन अल मार्थु कम्पनीमा पठाइएका ती युवाहरु IMG_3962मालिकको पञ्जाबाट ज्यान जोगाउँदै आज विहान ९ बजे साउदी अरबबाट एयर अरबिया जहाजमार्फत नेपाल फर्केका हुन ।

नेपाली साझा मञ्च र साथी अभियानको समन्वयमा नेपाली राजदुतावासका स्थानीय कर्मचारी हरि घिमिरेले आउटपास र एक्जिट भिसा मंगलबार दिलाएपछि र मेनपावर कम्पनीले टिकट उपलब्ध गराएपछि उनीहरु नेपाल फर्कन पाएका प्राप्त् समाचारमा उल्लेख गरिएको छ ।

 यसरी  स्वेदेश फर्केका    पीडित १० जना युवाहरु क्रमस जनकबहादुर खत्री जाजरकोट,  बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुर विश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुम  रहेका  छन ।   पीडित युवाहरुका  अनुसार साउदी अरबको कतिफक्षेत्र अन्तर्गतको अवमियामा राखिएका उनीहरुलाई पुगेकै दिनदेखि दुई दिनमा एक छाकमात्रै खाना दिने र बोलेमा कुटपिट गर्ने र पेस्तोल देखाएर तिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु भनि कपिलले बारम्बारधम्की र उत्पीडन सहननसकेर उनीहरु आफूले पाउनु पर्ने ७ महिनाको तलब माया मारेर फर्केको समाचारमा उल्लेख गरिएको छ ।