शुक्रबार, बैशाख ७, २०८१

ज्ञानोदयमा गुरुहरुलाइ विशेष सम्मान

काठमाडौं आषाढ ३१ , गुरु पूर्णिमाको पावन अवसरमा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपालद्धारा गुरुहरुको सम्मानमा विविध कार्यक्रमहरुको आयोजना गरि मनाएको छ । कार्यक्रममा, वर्तमान शिक्षकहरुको अलावा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण शर्मा, पूर्व शिक्षकहरु ज्वाला नेपाली, कुलदीप 544709_525939674102589_1568233422_nप्रकाश बुढाथोकी, रोहिणी मल्ल र श्यामकुमार गुरुङ्ग लाई समेत विशेष सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा विद्यालयका प्रअ नातिकाजी महर्जन, समाज नेपालका पूर्व अध्यक्ष साधुराम गौतमले गुरु र गुरुको सम्मानको आवश्यकता र महत्व माथि प्रकाश पार्नु भएको थियो ।

ज्ञानोदय पूर्व विद्यार्थी समाजका उपाध्यक्ष विद्या खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमम विद्यालयका वर्तमान तथा पूर्व विद्यार्थीहरुद्धारा विभिन्न नृत्यहरु, कविता वाचन लगायतका मनोरन्जनात्मक प्रस्तुतिसंगै गरेका पूर्व विद्याथी रविना महर्जन र निरज सिलवालले कार्यक्रमलाई थप आकर्षक ढंगले सञ्चालन गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु