शुक्रबार, चैत्र १६, २०८०

घुसरकम सहित सुपरभाइजर  भैल पक्राउ

काठमाडौं आषाढ २०,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ ।  आयोगको टोलीले भैललाई रु ११ हजार घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट सोमबार रङ्गेहात पक्राउ Captureगरेको हो । एक ग्राहकसँग मिटरको क्षमता वृद्धि गर्न भैलले घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धानका क्रममा भैललाई रङ्गेहात पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका–५, साविक कटुञ्जे गाविस–१ मा अवस्थित एक मसला उद्योगले १५ एम्पियरको मिटरलाई ३२ एम्पियर बनाउन निवेदन दिएकोमा भैलले ढिलासुस्ती गर्दै ग्राहकसँग घुस मागेका थिए । ग्राहकले आयोगमा उजुरी गरेपछि आयोगको टोलीले छानबिन सुरु गरेको थियो ।  त्यस्तै पक्राउ परेका सुपरभाइजर भैललाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ । थप अनुसन्धानपछि भैललाई कानुनबमोजिम कानुनी प्रक्रिया अघि बढाइने अख्तियारद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।