शुक्रबार, चैत्र १६, २०८०

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ आषाढ १८,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज downloadमध्यरातबाट लागुहुँने गरि खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर रु २५ र पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई/दुईका दरले मूल्य घटाएको हो ।

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर रु ४ घटाएको निगमले जनाएको छ । निगमका अनुसार घट्दो मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर रु ९८, डिजल र मट्टीतेल प्रतिलिटर रु ७४, खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर रु ८२ कायम भएको छ ।