बिहिबार, बैशाख १३, २०८१

गज्जुवावुको नामले राजपामा विवाद, विवादकै कारण पार्टी दर्ता हुन सकेन

काठमाडौं आषाढ २२ ,  पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको हो । विवादकै कारण पार्टी दर्ता हुन नसकेको खवर आजको नया पत्रिका दैनिकमा प्रकाशित रहेको छ । प्रकाशित खवरमा अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल morcha-1-1-896x510झा र राजकिशोर यादवको बैठक मंगलबार राति ११ बजेसम्म बसेको थियो । उनीहरूबीच विधानमा गजेन्द्रनारायण सिंहको नाम उल्लेख नगर्ने सहमति भएको थियो

बुुुधबार बिहान ११ बजे बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बैठक बसेर दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी थियो । त्यसैअनुसार निर्वाचन आयोगलाई खबर पनि गरिएको थियो । तर, बुधबारको बैठकको सुरुमै अनिल झाले विधानको प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान राखे । त्यसमा राजकिशोर यादवले पनि साथ दिए ।  बैठकमा महेन्द्र राय यादवले भने सिंहको नाम विधानमा उल्लेख गर्न नसकिने अडान राखे । विधानको प्रस्तावनामा नेताको नाम राख्ने प्रचलन नभएको उनको तर्क थियो । सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको स्कुलिङबाट आएका राजेन्द्र महतो भने विवादमा मौन बसे । ढिलो गरी बैठकमा उपस्थित भएका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर पनि पक्ष–विपक्षमा बोलेनन् ।  विवाद भएपछि बुधबारको बैठक विनानिष्कर्ष सकिएको छ । बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने नेताहरूले बताएका छन् ।