शनिबार, बैशाख ८, २०८१

खुकुरी प्रहार गरेर श्रीमती एवम् निर्वाचित वडा सदस्यको हत्या

hatya-2 काठमाडौं आषाढ २६,  रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ मा दोस्रो चरणमा स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनबाट दलित महिला सदस्यमा निर्वाचित वडा सदस्य बयानसरी कामीको हत्या भएको छ । २७ वर्षीया कामीको आफ्नै श्रीमान तेजबहादुर कामीले खुकुरी प्रहार गरेर हत्या गरेको हो ।

वडा सदस्य कामीका हत्या भए लगत्तै आशंकाको आरोपमा पक्राउ गरिएको निजको श्रीमान् तेजबहादुर कामीले अनुसन्धान र सोधपुछको क्रममा श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार कामीले निर्वाचनको क्रममा उम्मेदवारी दर्ता गरेदेखि नै उम्मेदवारी फिर्ता लिने सवालमा श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको र यहि निहुँमा श्रीमतीको हत्या गरिएको हुन सक्ने स्थानीयवासीबाट जानकारी प्राप्त् भएको जनाउँदै आवश्यक अनुसन्धान हुँदै गरेको जनाएको छ ।