बिहिबार, बैशाख १३, २०८१

किमार्थ यथास्थितिको निर्वाचनमा राजपा सहभागि हुँदैन : अध्यक्ष ठाकुर

भक्तपुर श्रावण १०,  राजपाका अध्यक्ष महन्थ ठाकुरले यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा आफूहरु सहभागि नहुने बताउनु भएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संविधान संशोधन आफूहरुको प्रमुख एजेन्डा भएकाले त्यसको पूर्णता बिना यथास्थितिमा 20292102_1413759515339952_1854534686_nआफूहरु निर्वाचनमा सहभागि नहुने बताउनु भएको हो ।

उहाँले हाल संविधान संशोधनका लागि सत्तापक्षले दुई तिहाई मत पु-याउन लागेता पनि एमाले बिगत देखिनै आफूहरुको मागको बिपक्षीमा रहेकोले संविधान संशोधनले पूर्णता पाउन नसकेको बताउनु भयो । आफूहरुका मागका बारे सरकारले जहिले पनि स्पष्ट ब्यवहार देखाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भन्नुभयो, सरकारले आफूले गरेको बाचाहरु पुरा नगर्दा समस्या झनै सुल्झिनु भन्दा बल्झँदै गएको छ ।

उहाँले सरकारले आफ्नो दलले भाग नलिए पनि आफ्ना कार्यकर्ताहरुमाथि दमन गरि पहिलो र दोस्रो चरणको निर्वाचन गरेकाले अब तेस्रो चरणको निर्वाचन पनि दमन शैली अपनाइएर गर्ने बताउनु भयो । उहाँले तराईमा आफ्नो निहत्था कार्यकर्ताहरुमा सरकार पक्षबाट धरपकड भइरहेको भन्दै यस्ता गतिबिधि तत्काल बन्द गर्नु पर्ने र तराई आन्दोलनमा घाईतेको उपचार, जेलमा भएकाहरुलाई तत्काल रिहा गर्नु पर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप लगाउनु भयो ।  जनसंख्याका आधारमा मधेशको प्रतिनिधिसभा र राष्ट्रिय सभामा उपस्थिति रहनु पर्ने भन्दै यतातर्फ समेत सरकारको ध्यान जान नसकेको भन्दै गरिएका सम्झौता र प्रतिबद्धता पुरा गर्न नसकेको उहाँले बताउनु भयो ।