शुक्रबार, चैत्र १६, २०८०

कार्यक्रम अधिकृत राय ४०हजार घुस लिंदै गर्दाको अवस्थामा पक्राउ

आ.रा.वि.का निलम्बित महानिर्देशक शर्मासहित तीन जनाविरुद्ध रु ११ अर्ब भ्रष्टाचार को मुद्दा दर्ता गर्ने निर्णय

काठमाडौ आषाढ २९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले जिल्ला समन्वय समितिको कार्यालय, सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाइ सेवाग्राहीसंग घुस रकम माग गर्दै रु ४०,००० घुस लिंदै गर्दाको अवस्थामा पक्राउ गरेको छ ।

anup_20160320_98आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यक्रम अधिकृत रायले ले पोषण तथा सरसफाई कार्यक्रम अन्तर्गत निर्धारित कार्य सम्पन्न गरी भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई नियमानुसार भुक्तानी गर्नुपर्ने रकम भूक्तानी गर्न आलटाल गरी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा चेकजाँचको
क्रममा पुगेको आयोगको टोलीले निज राष्ट्रसेवक लाई रु४० हजार घुस रकम लिंदै गर्दाको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको उल्लेख  गरिएको छ ।

यसैवीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । आयोगले कर फछ्र्योट आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाललाई पनि भ्रष्टाचारको अभियोगमा आज मुद्दा दर्ता गर्ने निर्णय गरेको हो ।  आयोगका उच्च अधिकारीलाइ उदृत गर्दै ठहरसहित शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको बुझिएको छ ।