बिहिबार, बैशाख १३, २०८१

काँग्रेस रणनीतिक भेलामा : पार्टीभित्र अन्तर्घात गर्ने जो कोहि भएपनि कारबाही गर्ने सभापतिको प्रतिवद्धता

काठमाडौ श्रावण ५, नेपाली काँग्रेसले आगामी आश्विन २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा पार्टी पहिलो बनाउन आवश्यक रणनिती तय गर्न भन्दै congressआज राजधानीमा  प्रदेश नम्बर–२ स्तरिय रणनीतिक भेलाको आयोजना गरेको छ ।

भेलामा काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको विजयका लागि रणनीनिकरुपमा अगाडि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिने क्रममा काँग्रेसको निकटम प्रतिस्पर्धीले भन्दा पनि काँग्रेसलाई हराउने अरु कोही नभएर गुटबन्दी सहित काँग्रेसी नै लाग्ने गरेको पक्ष प्रति इङगीत गर्दै सभापति देउवाले अव पार्टीभित्र अन्तर्घात गर्ने जो कोहि भएपनि त्यस्ता व्यक्तिलाई अनुशासन समिति बनाएर कारबाही गरिने प्रतिवद्धता व्यक्त गरेका छन ।

त्यस्तै भेलालाइ समेधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले  काँग्रेसले अव आफ्नो अर्जुनदृष्टि  प्रदेश नम्बर–२ को चुनावमा केन्द्रित  गर्नुपर्ने जिकिर गर्दै जनताको मन जित्ने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।  त्यस्तैगरि काँग्रेस महामन्त्री डा शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारको  छनौट देखि आवश्यक सवै कार्य सम्पादन अन्र्तगत उम्मेदवार छनोट गर्दा समय भित्रै आफ्नो भन्दा पनि राम्रो र जनमत भएको व्यक्तिलाइ गर्नुपर्ने जिकिर सहित यो वा त्यो बहानामा पार्टी भित्रै मौलाउँदै आएको गुटबन्दीको अन्त्य गर्न जरुरी रहेको बताए ।