बिहिबार, बैशाख ६, २०८१

काँग्रेस केन्द्रीय समितिको बैठक सुरु, मुलुकको पछिल्लो अवस्थावारे छलफल केन्द्रीत

काठमाडौं श्रावण ७, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुरु भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा गर्नेमा केन्द्रित रहेर छलफल भइरहेको congressत्यहास्थित हाम्रा सहकर्मीले जनाएको छ ।

बैठकमा पार्टीको समग्र स्थिति काँग्रेसको नेतृत्वमा भर्खरै सरकार गठन भएको तथा स्थानीय तहका दुईवटा निर्वाचन सकिएलगत्तै शुरु भएको उक्त बैठकमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन तथा मन्त्रिमण्डलको विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ ।