मङ्लबार, बैशाख ४, २०८१

कतारमा नेपाली कामदारको उपचार नपाएर विचल्लि , प्यासिफिक ओभरसिसले ठगेको आरोप, दूतावासले गरेनन सहयोग

काठमाडौ श्रावण ७,  राम्रो तलव पाउने आस्वासनमा राजधानीको सामाखुशीस्थित प्यासिफिक ओभरसिस मार्फत कतार पुगेका दुई नेपाली युवा कामदारद्दय IMG-20170721-WA0003 IMG-20170721-WA0013सोहन पाण्डे र दिलिप कार्की सम्झौतामा उल्लेख भएअनुरुपको तलव, सुविधा र उपचार नपाएपछि अहिले विचल्लिमा परेका छन् ।   ओभरसिसका सञ्चालक जगत गुरुङले फ्रि भिसा, फ्रि टिकट भन्ने बिज्ञापन गरेर ती दुवैसंग प्रति व्यक्ति १ लाख २० हजार रुपैयाँ असुल्दै श्रमको झुटो कागजपत्र बनाएर कतारको एके सेक्युरिटी आपुर्ति गर्ने कम्पनीमा पठाएको थियो ।

तर वैदेशिक रोजगारमा गएर सम्पन्न हुँने अभिलासा वोकेका उनीहरुले दैनिक १२ घण्टा चर्को घाममा खटद्दा बल्ल तल्ल महिनाको १ हजार २ सय कतारी रियल तलव मुस्किलले बुझ्ने गरेको बताएका छन । कतार जानुपूर्व भएको सम्झौतामा कम्पनीले ८ घन्टा काम गरेवापत १ हजार ५ सय रियाल तलव दिने सम्झौता गरेको उनिहरुले बताएका छन ।  त्यस्तै बस्ने सेल्टर पनि आउनजान तीन घण्टा लाग्ने दुरीमा ब्यवस्था गरिएको छ । जाहाबाट आउँदा जाँदा चर्को गर्मीले हातखुट्टामा घाउ आएर थला परेका पाण्डेले प्यासिफिक ओभरसिजले श्रमको झुटो कागज बनाएर आफुलाई फसाएको गुनासो गरे । वैैदेसिक रोजगार विभागले पनि झुटो श्रम सम्झौताको कागजपत्रमा छाप लगाईदिएको उनको गुनासो छ । ‘खुट्टामा आएको घाउले जुत्ता लगाउन हुँदैन, ‘उपचारको कुरा गर्दा कम्पनीले कुनै सुनुवाइ नगरेको गुनासो गरेका छन ।

‘चर्को घाममा १२ घण्टा खटेर महिनाको १ हजार २ सय रियल कमाई हुन्छ । के खाने ? के बचाएर घरमा बालबच्चालाई पठाईदिने ?’ पाण्डेले भने, ‘नेपालमा चर्को ब्याजमा साहुसँग ऋण लिएको हुँ । ऋण तिर्न निकै धौधौ भैरहेको छ ।’ कार्यरत कम्पनीको कार्य क्षेत्रमा प्यास लागेको समयमा पानी पिउनसमेत नपाइने उनले बताए । बस्ने ठाउँ समेत छैन, शौचालय छैन, बेलुकी बस्ने ठाउँमा बत्तीसमेत छैन,’ उनले भने, ‘हामीले नर्कको जिन्दगी गुजारेका जनाउ सहित उनिहरुले भने यस कम्पनीमा हामी जस्ता १ हजार २ सय नेपाली कामदारहरुले दुःखका साथ काम गरिरहेका छन । तर के गर्नु कम्पनीका मालिकले धम्कीका कारण कोहि वोल्न र विरोध गर्न सक्दैनन । कम्पनीका मालिकले ‘तँलाई मारेर केही फरक पर्दैन भनेर धम्क्याए,’ पीडित पाण्डेले भने, हामी गुनासो गर्न कहाँ जाने ?  पीडित युवाहरु सहयोगको याचना गर्दै त्यहाँस्थिति नेपाली दूतावाससमेत पुगेका थिए । समयको अभाव भन्दै दूतावासका कर्मचारीबाट आवश्यक सहयोग नपाएको उनीहरुको गुनासो छ ।