बिहिबार, बैशाख १३, २०८१

एक लाख २५ हजार घुस माग्ने सवइन्जिनियर यादवविरुद्ध मुद्दा दायर

काठमाडौं आषााढ २२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका सवइन्जिनियर मनोजकुमार यादवविरुद्ध आज विशेष 10923668_433567213459267_4650028694648365497_nअदालतमा मुद्दा दायर गरेको छ ।  आयोगद्दारा आज जारी विज्ञप्तिमा सवइन्जिनियर यादवले सिद्ध सरस्वती माध्यामिक विद्यालय माङजाबुङ पाँचथरको भवन निर्माणका लागि निकासा भएको रकममध्ये रोक्का रहेको रकम फुकुवा गर्ने तथा भवन निर्माण र मर्मत कार्य फरफारक गर्ने कार्यको अन्तिम प्रतिवेदन तयार पार्नका लागि सेवाग्राहीसँग रु एक लाख २५ हजार घुस मागेको उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा आयोगको इटहरी कार्यालयको टोलीले सवइन्जिनियर यादवलाई केही दिन पहिले घुस लिँदालिँदै कार्यथलोमा नै पक्राउ गरेको जनाएको छ ।