शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा सवारी कारबाहीको सख्या बढ्दो (यस्तो छ तथ्यांक)

traficकाठमाडौं श्रावण ६,   महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकामा आर्थिक वर्ष २०७३/७४ मा ११ वटा दुर्घटना सहित ६ लाख ३९ हजार ६सय ११ सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । कारवाहीमा परेका सवारी साधन मध्ये मुलत अव्यवस्थित सवारी पार्किङ, मादकपदार्थ सेवन , लेन अनुशासन ,हर्न निषेध र जेब्रा क्रसिङमा पैदलयात्रुलाई नटेर्ने लगायत सवारीसाधन रहेको महाशखाले बताएको छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सवारीसाधनको सङ्ख्याको वृद्धिसँगै सवारीसाधन कारबाहीको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको जनाउ सहित आव २०७२/७३ मा ५ लाख ४८ हजार ७सय ७० सवारीलाई कारबाहीमा परेकोमा यो वर्ष यो वर्ष ६ लाख ३९ हजार ६सय ११ सवारीसाधन कारवाहीमा परेको बताउँनु जानकारी दिनु भएको छ ।

आर्थिक वर्ष २०७३/७४ कारबाहीमा परेका सवारी तथ्यांक

-अनुशासन पालना नगर्ने १ लाख ३१ हजार ५ सय ३३ वटा सवारीसाधन

-जथाभावी पार्किङ २९ हजार ८० वठा सवारी साधन

-मापसे सेवन गरी सवारी चलाउने २८ हजार ८ सय ९६

– नो हर्न पालना नगर्ने ९ हजार ६सय ६३ सवारी कारबाहीमा