बिहिबार, चैत्र १५, २०८०

उद्योगका नासु कँडेलविरुद्ध मुद्दा दायर

रु ४,९८,००० घुस रकम सहित पक्राउ परेका खरिदार नर बहादुर सारू विरुद्ध पनि मुद्धा दायर

काठमाडौ आषाढ २०,   नेपालगन्जस्थित खड्का इन्डस्ट्रिज नामक पानी उद्योगलाइ ट्रेडमार्क प्रदान गर्ने सिलसिलामा रु ३३ हजार घूस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएका उद्योग विभाग त्रिपुरेश्वरका नासु गोविन्दप्रसाद कँडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर 10923668_433567213459267_4650028694648365497_nगरेको छ ।  नायब सुब्बा कँडेलले कुशश्री विकमार्फत घूस लिएका थिए ।

निजले लिएको रकममध्ये रु एक हजार आफैसँग राखी रु ३२ हजार कँडेललाई उपलब्ध गराएको आयोगले जनाएको छ । आयोगले नासु कँडेलविरुद्ध दायर मुद्धामा हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै मालपोत कार्यालय नेपालगंज, बाँकेमा कार्यरत मालपोत अधिकृत मुक्तिप्रसाद पौडेल र खरिदार नर बहादुर सारु मगरले मिलेमतोमा सेवाग्राहीका नाममा रहेको करकाँदो जग्गा बिक्रि प्रयोजनार्थ निर्णय पारित गर्न बिभिन्न बहानामा सेवा ग्राहीसंग चार लाख अन्ठानब्बे हजार घुस लिदै गरेको अवस्थामा रङगेहात पक्राउ गरेको छ ।  आयोगको कोहलपुरस्थित कार्यालयको टोलीले खरिदार नर बहादुर सारू मगरलाई रु ४,९८,००० घुस रकम सहित पक्राउ गरेको जनाउँदै भ्रष्टाचारीद्दय विरुद्ध पनि हाजै विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेका छन ।