शुक्रबार, बैशाख १४, २०८१

आव २०७४/७५ को मौद्रिक नीति सार्वजनिक

काठमाडौ आषाढ २५ ,  नेपाल राष्ट्र बैंकले आव २०७४/७५ को मौद्रिक नीति आज एक कार्यक्रमकावीच सार्वजनिक गरेको छ ।  गभर्नर डा. नेपालले सार्वजनिक गर्नु भएको सो मौद्रिक नीति अन्तर्राष्ट्रिय आर्थिक अवस्था, देशको वर्तमान आर्थिक तथा मौद्रिक स्थिति, तरलता व्यवस्थापन आदिका परिदृष्यहरुलाई दृष्टिगत गरी तर्जुमा गरिएको  छ ।

आर्थिक वृद्धि, वित्तीय क्षेत्र सुधार, नियमन तथा सुपरिवेक्षण, लघुवित्त तथा वित्तीय ग्राहक संरक्षण, विदेशी विनिमय व्यवस्थापन लगायतका क्षेत्रलाई पनि मौद्रिक नीतिले सम्बोधन गरेको छ । मौद्रिक नीतिको कार्यान्वयनबाट समग्र आर्थिक स्थायित्व तथा आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा गरिएको छ ।  उक्त मौद्रिक नीति सार्वजनिक कार्यक्रममा डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठ, सञ्चालकहरु प्रा डा. श्रीराम पौडल र श्री रामजी रेलगायत नेपाल राष्ट्र बैंकका विभिन्न तहका अधिकृतहरुको  सहभागिता रहेको थियो ।

त्यस्तै सार्वजनिक मौद्रिक नीतिमा मुलत सरकारले निर्धारण गरेको आगामी आवको ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कृषि, पर्यटन, ऊर्जा, घरेलु, साना तथा मझौला उद्योगमा प्राथमिकताका साथै कर्जा प्रवाह गर्ने तरलता व्यवस्थापनलाई मौद्रिक नीतिले उच्च प्राथमिकता सहित मौद्रिक नीतिमा ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले दुगर्म क्षेत्रमा पुगेर सेवा उपलब्भ गराइए मा रु एक करोड निब्र्याजी सापटी दिने व्यवस्थालाई निरन्तरता दिनुको अतिरिक्त नागरिकको बैकमा पहुँच पुर्याउन खाता नभएका नेपाली नागरिकको खाता आर्थिक वर्ष २०७४/७५ भित्र खोलेमा सम्बन्धित बैंक तथा वित्तीय संसथालाई प्रतिदुई हजार ५०० खाता बराबर रु एक करोड निब्र्याजी सापटी एक वर्षका लागि प्रदान गरिने उल्लेख गरिएको छ । साथै सार्वजनिक नीतिमा सेयर धितो कर्जामा कडाइ गर्दै यसअघिको व्यवस्थामा परिमार्जित गर्दै बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत मात्र ऋण सेयर धितो राखेर दिन पाउने व्यवस्था गरेको छ ।