बुधबार, बैशाख १२, २०८१

आयोगका अध्यक्ष दासलाई पद तथा गोपनियताको शपथ

काठमाडौ श्रावण ८,  मन्त्रीपरिषदको गत विहिवार बसेको बैठकले  निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन सहित अध्यक्षको जिम्मेवारी दिएका सर्वोच्च अदालतका Kamal-Narayan-Das-21072017072800-1000x0पूर्वन्यायाधीश कमलनारायण दासलाई आज सवोच्चका प्रन्या गोपाल पराजुलीले पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमकावीच प्रन्या पराजुलीले आयोगका अध्यक्ष दास लाइ पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।  त्यस लगत्तै अध्यक्ष दासले आयोगका सदस्य माधव अधिकारी, डा विश्वकल्याण पराजुली र गणेशराज कार्कीलाई पनि पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।