शुक्रबार, चैत्र १६, २०८०

आज हरहालतमा प्रम देउवाले मन्त्रिमण्डल विस्तार गर्ने को-को बन्दैछन म.प सदस्य?

काठमाडौं श्रावण ११ , प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफु नेतृत्वको मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । गत ज्येष्ठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका प्रम देउवाले सत्तासाझेदार दल माओवादी केन्द्र सहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

pm-office-11012017102857-600x0तर आज नेपाली काँग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरम र नेकपा संयुक्तलगायतका दलबाट मन्त्रिमण्डलमा सहभागी गराउँदै मन्त्रिमण्डल विस्तारको तयारी रहेका प्रम देउवाको मन्त्रीमण्डलमा काँग्रेसबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, अम्बिका बस्नेत, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा र अर्जुन जोशी त्यसैगरि माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, श्यामकुमार श्रेष्ठ, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही र सीता नेपाली र फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा सहभागी गराइने चर्चा रहेको छ । यसैवीच आज विस्तार हुँने मन्त्रीमण्डलका सदस्यहरुलाइ आजै पद तथा गोपनियताको सपथ समेत गराइने तयारी भएको सम्वद्ध स्रोतले जनाएको छ ।