बुधबार, बैशाख १२, २०८१

आज श्रावणे संक्रान्ति मनाइँदै

काठमाडौं श्रावण १, आज श्रावण महिनाको १ गते अर्थात श्रावणे संक्रान्ति हरेक वर्षझैं यस वर्ष श्रावण १ गतेलाई कर्कट संक्रान्ति रुपमा मनाइँदैछ । जसरी सूर्यले sunमाघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि आजको दिन दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलार्इ दक्षिणायन समेत भनिन्छ । त्यस्तै गर्मी र वर्षाका कारण हुन सक्ने चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु निमुर्लिकरणका लागि नदि किनारमा गर्इ शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश वोकेको पाइन्छ ।

त्यस्तैगरि श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु९स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।