शुक्रबार, बैशाख ७, २०८१

आज निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनको नितिगत निर्णय हुँने

काठमाडौ श्रावण ५, संविधानत आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गर्नुपर्ने व्यवस्था अनुरुप आसन्न प्रदेश सभा र संसदीय निर्वाचनको लागि आवश्यक निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि निर्वाचन आयोगबाट भएको आग्रह अनुसार सरकारले आयोग गठनको तयारी अन्तिम गरेको छ ।

Captureयस सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर आगामी आह्विनमा प्रदेश सभा र कात्तिकमा राष्ट्रिय सभाको र मङ्सिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्न उपयुक्त हुने राए सहित प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन शुरु गर्नुअघि निर्वाचन क्षेत्र निर्धारण आयोगमार्फत निर्वाचन क्षेत्र निर्धारण भएको हुनुपर्ने सुझाव दिनुभएको थियो ।

यसैवीच आयोगको सुझाव अनुसार मन्त्रिपरिषद्को आज बस्ने बैठकले उस सम्बन्धमा नितिगत निर्णय गर्ने सरकारका उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभएको छ ।

प्रस्तुत आयोगका लागि संविधानत व्यवस्था अनुरुप सर्वोच्च अदालतका सेवा निवृत्त न्यायाधीशको अध्यक्षतामा भूगोलविद् , समाजशास्त्री वा मानवशास्त्री प्रशासनविद् र कानूनविद् सदस्य र सरकारको विशिष्ट श्रेणीका अधिकृत सदस्यसचिव रहने व्यवस्था गरिएको छ ।  यसको लागि सरकारले विभिन्न चरणमा चलफल गर्दै गरेको जानकारी दिदै उहाँले अव प्रमुख प्रतिपक्ष दलसँगको छलफल पछि आयोग गठन हुने उहाँको भनाइ रहेका थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु