शनिबार, बैशाख ८, २०८१

आइतवार देउवा नेतृत्वको मन्त्रिमण्डल विस्तार हुँने, राप्रपालाई तत्काल सरकारमा नल्याइने

काँग्रेस र माओवादीले २० मन्त्रालय मध्ये माओवादीलाई ८ दिएर आफूले १२ मन्त्रालय लिने 

काठमाडौ आषाढ २९,  प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार आफु नेतृत्वको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ । सत्तारुढदल कांग्रेस र माओवादी केन्द्रबीच भएको पछिल्लो सहमति अनुसार प्रम देउवाले माओवादी अध्यक्ष एवम् पूर्व प्रम प्रचण्ड शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड गर्दै मन्त्रिमण्डल विस्तार गर्ने अन्तिम तयारी गर्नु भएको समवद्धस्रोतले जनाएको छ ।

pm-office-11012017102857-600x0त्यस्तै प्रधानमन्त्री देउवाले अवको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिको प्रतिनिधत्वि गराउँने र यसअघि राप्रपाका लागि चार मन्त्रालय छुट्याएको भनिएपनि राप्रपालाइ तत्काल सरकारमा प्रवेस नदिने मनस्थिती बनाउँनु भएको उहाँ निकट स्रोतले जनाएको छ ।
राप्रपाको माग उपप्रधानमन्त्री सहित भएक कारण सत्तारुढदल राप्रपाको माग सम्बोधन गर्न र राप्रपा स्वयम पनि उपप्रधानमन्त्री नपाउने भएपछि सरकारमा जान अनिच्छुक् रहेका कारण प्रमले यस्तो मनस्थिती बनाएको हो ।

यसैवीच काँग्रेस र माओवादीले २० मन्त्रालय मध्ये माओवादीलाई ८ दिएर आफूले १२ मन्त्रालय लिने प्रयास गरिरहेको छ । माओवादीले न्यूनतम ९ मन्त्रालय दाबी गर्दै आएको छ । कांग्रेसले १२ मन्त्रालय पाए वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४ वटा दिने देउवाको तयारी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षलाई पनि एकरएक मन्त्रालय दिएर चित्त बुझाउने प्रम देउवाको कसरत रहेको बुझिएको छ ।