बुधबार, बैशाख ५, २०८१

आँखा अस्पतालमा भित्रियो अप्टिकल बायोमिटर

काठमाडौं अषााढ २०,  नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा हालै जापानको निडेक कम्पनीको अल स्क्यन मोडलको अप्टिकल optical biometer photoबायोमिटर भित्र्याएको छ । सो मेशिनले मोतिविन्दुको अपरेशन गर्दा आँखा भित्र राखिने इन्ट्रओकुलर लेन्सकोमा माध्यमबाट पावर जाँच गर्ने भएकाल मोतिविन्दुको उपचारमा अझ गुणस्तरीय सेवा पुग्ने अस्पतालले जनाएको छ ।

यो अत्याधुनिक मेशिनको विशेषता भनेकै नन् कन्ट्याक्टलाई सतप्रतिशत पावर गणना गर्नुका साथै मेशिनले १० सेकेन्ड भित्र आँखाको ६ वटा महत्वपूर्ण बस्तुको जाँच गर्ने अस्पतालद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । मेशिनमा इन्फ्रारेड लेजरको जडान भएकाले उपचारमा स्तरियता, सरल र सहजता हुने अस्पतालका कार्यकारी प्रमुख दमन बहादुर घलेले बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु