बिहिबार, चैत्र १५, २०८०

अविरल वर्षा बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न

Saptariकाठमाडौं आषाढ २१ ,  केही दिनयतादेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न हुनुको अलावा बिगुल, त्रियुगा, महुली र सुन्दरीलगायतका खोलामा बाढी आउँदा भएको समाचारप्राप्त भएका छन ।
बाढीका कारण कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायतका दर्जनौं गाउँका १ हजार ५ सयभन्दा बढी घर डुबानमा परेको र धानबाली समेत बगाएर लगेको समाचारमा उल्लेख गरिएको छ । यस्तै महुली खोलामा आएको बाढीले पोर्ताहाका करिब तीन सय भन्दा बढी घर डुबानमा पर्ने जोखिम बढेको समाचारमा जनाईएको छ ।