शनिबार, बैशाख ८, २०८१

अधिकृत श्रेष्ठ सहित मालपोत कार्यालयका ४ कर्मचारी घुससहित पक्राउ

भक्तपुर श्रावण ७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा भक्तपुर मालपोत कार्यालयका ४ कर्मचारी क्रमस  अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेललाइ मध्यपुरथिमि स्थित वेभ सेकुवा कर्नरबाट सेकुवा खाँदै गरेको pakrawअवस्थामा रङगेहात घुसर रकम ५० हजार सहित पक्राउ गरेका छन् ।

सेवाग्राहीले आफ्नै जग्गामा प्लट मिलान गर्नका लागि सबै प्रक्रिया पु- याई निवेदन दिएकामा अधिकृत श्रेष्ठले गलत अनावश्यक रुपमा दुख दिन थालेपछि आयोगमा परेको उजुरीका आधारमा आयोगको टोलीले कर्मचारीलाई ‘घुस रकम’सहित शुक्रबार साँझ पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

अधिकृत श्रेष्ठले सेवाग्राहीबाट रु ५० हजार प्राप्त भएपछि सहजै निवेदनको आधारमा भन्दै सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिदै पहिले नै कुरा बुझेको भए लामो समय कुर्नै नपर्ने भन्दै गरेको अवस्थामा उनीहरुलाई आयोग टोलीले पक्राउ गरेको हो । अभियुक्त चारै जनालाई आयोगको नियन्त्रणमा राखिएको र थप अनुसन्धान आयोगले जनाएको छ ।