आइतवार, असार १९, २०७९

सरकार संशोधन प्रस्तावको लागि दुई तिहाईको कसरतमा: प्रवक्ता भुसाल

भक्तपुर श्रावण १२ , नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संसदमा जब दुई तिहाई मत पुग्छ तब संसदमा संविधान संशोधन प्रस्ताव सरकारले लैजाने बताएकी छिन् । रफत सञ्चार क्लवले आज गरेको अन्तक्रिया बोल्दै प्रवक्ता भुसालले अहिले संसदमा दुई तिहाई मत नभएकोले संशोधन प्रस्ताव लैजानुको अर्थ Pamfaनभएको भन्दै सरकार संशोधन प्रस्तावको लागि दुई तिहाईको कसरतमा लागेको बताउनु भयो ।

उहाँले राप्रपाले सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत दिनेमा सरकार विश्वस्त रहेको बताउनु भयो । निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिबेदन आउने र संसदबाट निर्वाचन सम्बन्धी विधेयक छिट्टै पारित हुने भन्दै उहाँले त्यस पछि बाँकी रहेको तेस्रो चरणको स्थानिय तहको चुनाव, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन हुने बताउनु भयो ।  आफ्नो पार्टीमा ठूलो महाधिवेशन आयोजक समिति भद्दा देखिएकोले पार्टीको बैठकले सानो बनाएको भन्दै उहाँले तेस्रो चरणको स्थानिय तहको चुनाव, प्रदेश र केन्द्रको निर्वाचन पछि मात्र आफ्नो पार्टीको माहधिवेशन हुने बताउनु भयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु