बुधबार, असार २२, २०७९

राष्ट्रकवि घिमिरे दम्पत्ति सम्मानीत (फोटो फिचर)

काठमाडौं श्रावण ५ , सिन्धुली बाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे दम्पत्तिलाई बुधबार राजधानीमा सम्मान गरेको छ ।  राष्ट्रकवि घिमिरे दम्पत्तिलाई प्रतिष्ठानका madhav ghimire 1Madhav ghimire 3madhav ghimire 2madhav ghimire 5अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल’ ले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । नेपाली साहित्यका धरोहरका रुपमा राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानको तर्फबाट सम्मान पत्र पनि प्रदान गरिएको थियो ।

त्यस अवसरमा राष्ट्रकविले सिन्धुली जिल्लाले महाकाब्यकार उमानाथ शास्त्रीजस्ता मुर्धन्य साहित्यकारलाई जन्म दिएको संस्मरण गर्दै त्यहाँका साहित्यकारहरुबाट सम्मानित हुन पाउँदा आफू हर्षले गद्गद् भएको बताउनु भयो । उहाँले सिन्धुली जिल्ला टेक्ने आफ्नो अझै चाहना रहेको बताउँदै नेपाली साहित्यमा सिन्धुली जिल्लाका श्रष्टाहरुको योगदानलाई भुल्न नसकिने बताउनु भयो ।

प्रतिष्ठनाका अध्यक्ष अञ्जुलले नेपाली साहित्यमा यति उचाइ लिएको साहित्यकार ब्यक्तित्वलाई सिन्धुली जिल्लाका सम्पूर्ण साहित्यकारहरुको तर्फबाट सम्मान गर्न पाउँदा आफूहरुले गौरव महसुस गरेको बताउनु भयो । उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनाअनुसारको साहित्यकारहरुको एकै ठाउँमा वस्ती बसाउने योजनामा प्रतिष्ठान अघि बढेको बताउनु भयो। त्यस अबसरमा साहित्यकारहरुले राष्ट्रकविसँग अन्तक्र्रियासमेत गरेका थिए । उनीहरुले राष्ट्रकविले जीवनकालमा प्राप्त गर्नु भएका पदक, सम्मान पत्र, उपहारलगायत रहेको संग्रहालयको अवलोकन गरेका थिए । राष्ट्रकवि घिमिरेलाई सम्मान गर्न शारदा पहाडी, गोविन्दराज शिवाकोटी, लीलानाथ घिमिरे, अम्बिका शर्मा, सीता श्रेष्ठ, कृष्णहरि घिमिरेलगायतका २० जना श्रष्टा राष्ट्रकवि घिमिरे सदन पुगेका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु