बिहिबार, बैशाख १३, २०८१

७ सदस्यीय मन्त्रिपरिषद् गठन

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन

काठमाडौ ज्येष्ठ २४,  प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नवगठित मन्त्रिपरिषद्मा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित क्रमशः सङ्घीय मामिला तथा स्थानीय विकास, परराष्ट्र र शिक्षा मन्त्रालयको ssजिम्मेवारी दिइएको छ ।

त्यसैगरी, प्रधानमन्त्रीले अर्थमन्त्रालयको कार्यभार ज्ञानेन्द्रबहादुर कार्कीलाई, श्रम तथा रोजगारको जिम्मेवारी फरमुल्हा मन्सुरलाई, गृहको जनार्दन शर्मालाई र प्रभु साहलाई बिनाविभागीय मन्त्री तोक्नुभएको छ ।