बिहिबार, बैशाख १३, २०८१

३ मेट्रिक टन जैविक पदार्थबाट १४ किलोवाट बिजुली उत्पादन

काठमाडौ आषाढ १३, काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यासको उत्पादन सुरु गरेको छ । बाट बायोग्यासको उत्पादन कार्यक्रमको 19423995_1548527381880365_8299397632555462292_n19511383_1548528951880208_7199594376087845555_nसुभारम्भ गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर्न सके विद्यमान धेरै समस्या समाधान हुने बताउँदनु भएको छ भने उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानविय सोचको रुपान्तरण गर्दै फोहर व्यवस्थापनको दिगो कार्ययोजना अन्र्तगत कामपाले वायोग्याँस प्लान्टको अवधारणा कार्यान्वयन गरिएको जनाउ दिनु भएको छ ।

महानगरपालिकाको २० प्रतिशत र युरोपेली सङ्घको ८० प्रतिशत गरी रु एक करोड ८२ लाख लगानीमा सुभारम्भ गरिएको प्रस्तुत प्लान्टबाट संकलित ३ मेट्रिक टन जैविक पदार्थबाट दैनिक ३०० किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुँने बताईएको छ ।

त्यस्तै सुभारम्भ कार्यक्रममा युरोपेली सङ्घ नेपालका लागि राजदूत रिन्जे टिरिन्क कामपाका कार्यकारी अधिकृत ईश्वरीराज पौडेल लगायतले बोल्नु भएको थियो ।