शुक्रबार, चैत्र १६, २०८०

२ सय जना विद्याथीले बसन्तपुरमा गरे योगाभ्यास

काठमाडौं आषाढ ७, सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घमा जुन २१ तारिखको दिनलाई विश्व योग दिवसका रुपमा मनाउन गरेको Anup_20170621_1 Anup_20170621_3 Anup_20170621_4 Anup_20170621_6 Anup_20170621_7प्रस्ताव अनुमोदन भएपछि हरेक वर्ष नेपालमा पनि योग दिवस मनाइदै आएको छ ।

यसैक्रममा दया फाउण्डेशनको सहकार्यमा र आर्ट एण्ड लिभिङ नामक संस्थाले राजजधानीस्थित बसन्तपुर डवलीमा योगाभ्यास कार्यक्रमको आयोजना गरेको छ । बसन्तपुर र त्यस आसपासका क्षेत्रमा रहेको ५ वटा सरकारी विद्यालय क्रमस नेपाल आर्दश ,नव आर्दश स्कुल, श्री आजाद स्कुल, निर्मल विद्या पिठ र विद्योदय स्कुलका २ सय जना विद्याथीको सहभागीता रहेको  थियो ।

 विद्याथी भाइवहिनीमा योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि गर्दै उनिहरुको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञानको आयाम सिर्जना गर्न यस किसिमको कार्यक्रमको आयोजना गरेको दया फाउण्डेशनका कार्यकारी सदस्य निभा माथेमा प्रधानले जानकारी दिनु भएको छ ।