बिहिबार, बैशाख १३, २०८१

सेना परिचालनको स्वीकृति

Captureकाठमाडौ आषाढ ११ ,  आषाढ १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति प्रदान गर्नुभएको छ ।  नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को यही असार ८ गतेको निर्णय र सोही दिनको प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिनुभएको हो ।

उक्त निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरु एकीकृत तथा समयन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले असार ७ गते सिफारिस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।