शनिबार, बैशाख ८, २०८१

सुडान काण्डका भ्रष्टाचारी दुई पूर्वआइजीपीसहित चार जना जेल

काठमाडौ आषाढ ७ , सर्वोच्च अदालतबाट सुडान काण्ड अर्थात सुडानको डार्फरमा पठाइने एपिसी खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै कैद सजाय सहित भ्रष्टाचारी दुई पूर्वआइजीपीजरिवाना तोकिएका पूर्वआइजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआइजी दिपक सिंह थांग्देन र डिआइजी दिपक श्रेष्ठलाइ डिल्लीबजार कारागार चलान गरिएको छ ।  बुधबार उनीहरुले सर्वोच्च अदालतमा आत्मसमर्पणगरेसंगै अदालतको आदेश बमोजिम जेल चलान गरिएको हो ।

स्मरण रहोस प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले गत वैशाख १७ गते ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई एक/एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला गरेको थियो । यसरी फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु-याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान रहिआएको छ ।

त्यस्तै प्रस्तु मुद्धामा जोडिएका पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणा , श्यामसिंह थापा र दीपकसिंह थाङ्ग्देन भने फरार रहेका छन ।