शुक्रबार, चैत्र १६, २०८०

सरकारी साधन र स्रोतको दुरुपयोग सहितको तिकडम बन्द गर: नेकपा एमाले

काठमाडौ आषाढ ६,  आषाढ १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाइ प्रभावित पार्ने गरी सत्तारुढदलको तर्फबाट सत्ता, साधन र स्रोतको व्यापक दुरुपयोग सहित भइरहेको तिकडमहरुप्रति नेकपा एमाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

13-1एमालेका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनलाई व्यवस्थित, स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले ठाडै उल्लंघन गर्दै एमालेको जुलुसमाथि आक्रमण गरेर सत्ताधारी नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेका एमालेले आरोप लगाएको छ ।

त्यस्तै विज्ञप्तिमा घटनामा संलग्न अपराधीहरुका विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्ता गरिएको छैन भने अपराधमा संलग्न सबै जनालाई पक्राउ नर्गनु यसको प्रमाण् भएको जिकिर गर्दै अघिल्लो चरणको निर्वाचनमा सत्तापक्षबाट धाँधली र ज्यादती भएको स्वीकार गर्दै व्यवस्थापिका–संसद्बाट संसदीय छानबिन समिति गठन हुँदा समेत यसपटक सत्तापक्षले आफ्नो पुरानौ रवैया जारी राख्नु अत्यन्त खेदजनक भएको बताएको छ ।

यस्तै सत्तापक्षबाट निर्वाचनलाई प्रभावित पार्नका लागि गरिएका आक्रमण र ज्यादतीहरुको घोर विरोध गर्दै त्यस्ता हर्कत अविलम्ब बन्द गरी शान्तिपूर्ण र धाँधलीरहित रुपमा निर्वाचन गर्ने वातावरण तयार गर्न जोडदार माग गर्नुको अलावा आक्रमण र ज्यादतीहरुमा संलग्न भएकाहरुलाई अविलम्ब कानुनी कारवाहीको दायरामा ल्याई स्वच्छ निर्वाचनको सुनिश्चितता गर्न माग गरेको छ ।