शुक्रबार, चैत्र १६, २०८०

संसद्को पूर्व निर्धारित बैठक अपराह्न ३ बजे बस्नेगरि स्थगन,  प्रधानमन्त्री चयन प्रक्रियाअनिश्चित

काठमाडौ ज्येष्ठ २१, संसद्को आज बिहान ११ बजेका लागि पूर्व निर्धारित बैठक अपराह्न ३ बजे बस्नेगरि स्थगन भएको छ । मुलत आजको बैठकमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका संसद्, नियमावली २०७३ को नियम ४९ को उपनियम sambidhan-sabha-bhawan1111(४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मुलुकको ४० औं प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उपर नितिगत निर्णय हुने अपेक्षा गरिएको आजको बैठक अन्र्तगत बसेको संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने सवालमा राखेको अडानका कारण दलहरुबीच सहमति जुट्न नसेकोपछि बैठक नै दिउँसोसम्मका लागि सारिएको बुझिएको छ ।  एमालेको  प्रस्तुत अडानका कारण प्रधानमन्त्री चयन प्रक्रिया समेत अनिश्चित भएको छ ।