शनिबार, बैशाख ८, २०८१

विद्यालय जाँदै गरेका प्र.अ शर्मामाथि गोली प्रहार, अवस्था गम्भीर, काठमाडौं ल्याउँने तयारी

Khelauna-Pestolकाठमाडौ आषाढ ११,  विद्यालय जाँदै गरेका लक्ष्मप्नीया जनकपुरस्थित सर्वोदय माविका प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि माथि आज गोली प्रहार भएको छ । अहिले ५० वर्षीय प्रअ नरेन्द्रकुमार शर्माको गम्भीर अवस्थामा जनकपुर अञ्चल अस्पतामा उपचारका भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले प्रअ शर्मामाथि गोली किन गोली प्रहार गरेको हो ,सोको अनुसरन्धान भइरहेको जनाउँनुका अलावा गोली प्रहार गरि भागेका अपराधिको खोजी भइरहेको जनाएको छ ।  साथै प्रहरीका अनुसार प्रअ शर्माको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।